बुधबार, फाल्गुन ६, २०८२

कान्तिपथ : दश बजेकाे दश समाचार


कान्तिपथ


आज २०८१ साउन २५ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम कान्तिपथ डटकमले प्रकाशित गरेका दश समाचारहरू यस प्रकार रहेका छन् :

  • यौनकाण्ड वाला एमाले नेताहरू

कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र ।

केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।

आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

पार्टी कै एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् ।

सांसद कठायतबीच झगडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतका कारण काठमाडौँबाट सुर्खेत उड्न लागेको जहाज तीन घण्टा ढिलो भएको छ ।

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि..!

बिहान सुर्खेत जान लागेको श्री एयरलाइन्सको जहाजमा माननीय र यात्रुबीच झगडा परेपछि उडान ‘डिले’ भएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार श्री एयरको (उडान नम्बर एसएचए-१२१) जहाज बिहान ७ बजे उड्ने नियमित तालिका थियो ।

तर, सुर्खेतको मौसम खराब भएपछि साढे ८ बजे बल्ल बोर्डिङ शुरु भयो ।

  • १७० जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

  • पालिकाको बजेट अलपत्र

अछामको तुर्माखाँद गाउँपालिकामा असार पहिलो साता आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम गाउँ सभामा पेश भयो ।

पालिका अध्यक्ष डम्बर बहादुर विसीले २२ पेज लामो नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेका थिए ।

नीति तथा कार्यक्रम पेश गरे लगत्तै अध्यक्ष विसीले गाउँ छोडेर जिल्ला बाहिर लागे।

नीति तथा कार्यक्रम पास लगत्तै उनी हाकिम ल्याउने निहुँमा काठमाडौं हुइकीयएको पालिकाका एक कर्मचारीले कान्तिपथलाई बताए ।

  • हराउँदै छ मगर खाम भाषा

एक दशकअघिसम्म मात्रै बागलुङको पश्चिमी क्षेत्रमा मगर खाम ‘पाङ’ भाषा बोल्नेको बाहुल्यता थियो । ती ठाउँ अठार मगरातअन्तर्गतका मगरमात्रै होइन, त्यहाँका दलित समुदायले पनि खाम भाषा बोल्दथे ।

बागलुङ नगरपालिका-७, ८ र ९ वडामा खाम पाङ बोलिन्थ्यो । त्यहाँ अहिले खामभाषा प्रयोग हुनै छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगर बताउँछन् । ‘पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ’, उनी भन्छन् ।

  • नेपाल र अष्ट्रेलियाबीच साझेदारी

नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ काठमाडौमा शिखर सम्मेलन हुने भएको छ।

धौलागिरी एडभेन्चर प्रालीको आयोजना एब हिमालयन आउट्रीच अस्ट्रेलियाको सहकार्यमा आगामी भदौ ५गते होटल याक एन्ड यतिमा सम्मेलन हुने आयोजकले जनाएको छ।

कार्यक्रममा पर्यटन क्षेत्र,व्यापार/व्यवसाय/शिक्षा र संस्कृति बारेमा अस्ट्रेलिया र नेपालको बारेमा बिषयगत बहस हुने संयोजक डिएन घिसिङले बताउनु भयो।

  • नागपञ्चमी पर्व

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

  • People without travel history report dengue in Solukhumbu

Pashi Sherpa of Salleri, the district headquarters of Solukhumbu, is increasingly concerned about the rising risk of mosquito-borne diseases in the area.

Until recently, she was unaware of such risks due to the absence of mosquitoes in the area. However, the situation has changed. Mosquitoes have now started to move into the mountainous district in the Koshi Province.

  • कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्।

तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए ।

तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ।

  • दलित समुदायबाट मुख्य न्यायाधीश

न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् ।

न्याय परिषद्को बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो ।

उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत