शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • कोटिहोम महायज्ञका आयोजक विजयको कमाउ धन्दाको भण्डाफोर गर्दा पत्रकार कुटिए

कोटिहोम महायज्ञका आयोजक विजयको कमाउ धन्दाको भण्डाफोर गर्दा पत्रकार कुटिए


कान्तिपथ


काठमाडौ । पशुपतिनाथ क्षेत्रमा चलिरहेको महिना लामो कोटिहोम महायज्ञको समाचार संकलनमा गएका पत्रकार श्यामसुन्दर पुडासैनीमाथि सांघातिक हमला भएको छ ।

गएराति कोटिहोममा भएको तनावबारे रिपोर्टिङका लागि पुगेका पुडासैनीमाथि हातपात भएको हो । पुडासैनी राति साढे १२ बजे कोटिहोमस्थल पुगेका थिए ।

फेसबुक लाइभ गरिरहेका पुडासैनीलाई उद्घोषकले ‘तपाईं समर्थनमा हो कि विरोधमा‘?’ भनेर सोधेका थिए । त्यसपछि मञ्च चढाइएका उनलाई अपमानपूर्ण व्यवहार गरिएको हो ।

मञ्चबाट उनलाई भीडले पछ्याएको थियो । उनको टाउकोमा सानोतिनो चोटहरू छन् । पुडासैनीले ‘आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल १‘ शीर्षकमा स्टोरी गरेका थिए । त्यही स्टोरी लेखेपछि उनलाई निशानामा राखिएको बुझिएको छ ।

यो स्टोरी कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिले चलाएको कमाइ धन्दाबारे थियो ।

गएराति पनि कृष्णमूर्तिकै मान्छेहरूद्वारा पुडासैनीमाथि हातपात भएको हो, जतिबेला मूर्ति त्यहीँ थिए । हातपात भइरहँदा कतिपय कृष्णमूर्तिका समर्थकले ‘मार्नुपर्छ‘’ भनेका थिए ।

कृष्णमूर्तिले ‘‘बंगलादेश बनाइदिने’ भड्काउपूर्ण अभिव्यक्ति दिएपछि त्यहाँ प्रहरी प्रवेश गर्न खोजेको थियो । त्यसै बेला उनका समर्थकहरूले चर्को नाराबाजी गरेका थिए । यसपछि प्रहरी फर्कियो । त्यसकै रिपोर्टिङमा पुगेका पुडासैनीमाथि हातपात भएको हो ।

उनले आफ्नो सामाजिक संजालमार्फत आफू कोटिहोमबाट आफू मरेर पनि बाचेको आएको उल्लेख गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत