शुक्रबार, भदौ २८, २०८१

नेपालमा टिकटकमाथिको प्रतिवन्ध आजदेखि हट्दै


कान्तिपथ


काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध आजदेखि हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा प्रस्ताव पठाइसकेको छ भने आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतको भनाइ छ ।

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिवन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।

गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत