काठमाडौँ । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।
गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको हाे ।
हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी छ ।
पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ