शुक्रबार, चैत्र २७, २०८२

गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, २५ जना घाइते


कान्तिपथ


चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ ।
आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो ।
बसमा सवार २५ जना यात्रु घाइते छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तस्बिरः चितवन प्रहरी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत