कोहलपुर । नेपालगन्ज सडकखण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसाल रहेका छन् ।
आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस बाँकेको गनापुरमा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ