शनिबार, माघ ५, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • उमेरहदविरुद्ध प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश स्वीकार

उमेरहदविरुद्ध प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश स्वीकार


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा कारण देखाउ आदेश भने जारी भएको छ ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ ।

अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत