शनिबार, माघ २६, २०८१

युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु


कान्तिपथ


काठमाडौँ । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ ।

रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ । यो मिसाइलमा ७०० केजी विस्फोटक हुन सक्छ । गए राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो ।
पोल्टावा रुसी सिमानाबाट १४० किलोमिटर टाढा छ । यहाँ रुसले गरेको हमलामा ५० भन्दा बढीको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।

यही कारणले गर्दा युक्रेनको रक्षा मन्त्रालयले पोल्टावाका लागि यो डरलाग्दो दिन भएको बताएको छ । हवाई आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा यति थोरै समय रहेकोले मन्त्रालयले बम सेल्टरमा जाने क्रममा मानिसहरु घाइते भएको बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत