काठमाडाैं । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले चाडपर्वको पुर्व सन्ध्यामा बिजया दशमीको शुभकामनासहित चाड पर्वलाई हर्सोलास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाई आम नागरिकको जन जीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएको छ ।
अनलाइन भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न सिमा नाकाहरुमा कडाईका साथ चेकजाँच गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भएको हाे ।
वहाँले चाड पर्वलाई लक्षित गरी खेलिने तास, जुवा, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पुर्णरुपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाईका साथ निरन्तरता दिन र बिशिष्ठ व्यक्तिहरुकोसुरक्षा तथा महत्वपुर्ण प्रतिष्ठानहरुको सुरक्षामा त्रुटिरहित तवरबाट सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ