शनिबार, मंसिर २९, २०८१

चरिकोट बस दुर्घटना अपडेट : ६२ जना सवार मध्ये एक जनाको मृत्यु,१३ जना घाईते 


कान्तिपथ


दोलखा। काठमाडौंबाट रामेछापको गुप्तेश्वरको लागि छुटेको प्रदेश ३–०१ –००६ ख ४८४३ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने एक जनाले मृत्यु भएको छ।


आज बिहिबार दिउँसो करिब २ बजे काठमाडौंबाट रामेछापको गुप्तेश्वरको लागि छुटेको यात्रुबाहक बस  काठमाडौं – चरिकोट लामटसाघुँ जिरी सडक खण्ड अन्तगर्त भिमेश्वर नगरपालिका – ८ बोचमा दुर्घटना हुँदा बसमा सवार ६२ जना मध्ये १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले कान्तिपथलाई बताए ।


इन्सपेक्टर महताेका अनुसार रामेछाप उमाकुण्ड गाउँपालिका – ६ रोटेका २२ वर्षिय लोक वहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। अहिले श्रेष्ठको शव अस्पतालमै रहेको छ।
त्यस्तै घाइते हुनेहरुमा १३ जना मध्ये २ जनाको उपचार पछि डिस्चार्ज भएको र अन्यको च्छोरोल्पा, सामुदायिक र पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटना पछि सवारी चालकलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त बसको सवारीचालकले चरिकोट तर्फ आउदै गरेको इलेक्ट्रोनिक भेनलाई जोगाउने क्रममा गाडि अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत