काठमाडाैं । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयकाे आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शत्रुधन महतो “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कारबाट पुरस्कृत भएका छन् ।
गत १० असोज अविरल वर्षाका कारण काठमाडौं लगायत मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटिए । उद्धारमा तीनै तहका सुरक्षा निकाय ३० हजार बढी सक्रिय भएका थिए ।
नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीपहिरोको विपतको बेला आफ्ना दुःख भुल्दै ज्यान नै खतरामा राखी निरन्तर सर्वसाधरणको जीउज्यान जोगाउन, घाइतेको उद्धार तथा राहत वितरणमा कर्तव्यनिष्ठ भएर लागिपरेका थिए ।
तर यता, इन्स्पेक्टर महतोले दोलखामा पहिरोले च्यापिएर मृत्यु भएका आमाबुबाको काखबाट बालकको उद्दार गरेपछि उनले स्याबासी मात्रै पाएनन्, सामाजिक सञ्जालभरी उनको चर्चा भएको थियाे ।
भिमेश्वर नगरपालिका – ६ मैदानेमा असाेज १२ गते अबिरल वर्षा सँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेल श्रीमानसहित उनको श्रीमती ३६ वर्षिय राधिका भुजेल र १५ वर्षिय छोरा सुजन भुजेलको ज्यान गएकाे थियाे । मृतक भुजेलका तीन वर्षिय छोरा युवराज भुजेललाई इन्स्पेक्टर महतोले इमानदारी पूर्वक जिम्मेवारी पालना गर्दै जिवितै उद्धार गर्न सफल भए।
६९औँ प्रहरी दिवसको अवसर दिन इन्स्पेक्टर महतोलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रमाणपत्र दिदैं पुस्कार प्रदान गरेकाे हाे । इन्स्पेक्टर महतोले दाेलखामा धेरै राम्रा काम कार्यहरू गरेकाे जानकारहरू बताउन्छन् । इन्स्पेक्टर महतोलाई “प्रहरी संगठन तपाईले उत्तराेत्तर प्रगतिकाे कामनासहित हार्दिक बधाई ज्ञापन समेत गरेकाे छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ