शुक्रबार, जेष्ठ ३०, २०८२

बस दुर्घटना : २५ जना यात्रुको मृत्यु


कान्तिपथ


भारतको उत्तराखण्डमा पर्ने अल्मोडा मार्चुलामा बस दुर्घटना भएको छ ।

दुर्घटनामा २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

४० जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै थियो ।

उद्धारका लागि स्थानीय जिल्ला प्रशासनले टोली पठाएको छ ।

बस दुर्घटनामा घाइते र मृतकबारे मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् ।

उनले घाइतेहरूको शीघ्र उपचारका लागि नजिकैका स्वास्थ्य केन्द्रमा व्यवस्था गरिएको उनले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका यात्रुको हवाई उद्धारका लागि पनि मुख्यमन्त्री धामीले निर्देशन दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत