शुक्रबार, मंसिर २१, २०८१

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ को मृत्यु, ६ जना घाइते


कान्तिपथ


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए ।

दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०-४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् ।

घाइतेहरुमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अरु दुई जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

बस र ईलेक्ट्रीक हायस ठक्कर खाई दुर्घटना ।
मिति २०८१।०७।२३ गते अं. ०३;०० बजेको समयमा जि. चितवन भरतपुर म.न.पा.२९ सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस एक आपसमा ठक्कर खादा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाएको उक्त दुबै सवारी साधन घटनास्थलमानै रहेको बाटो एकतर्फि सुचारु बस चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्ट नियन्त्रणमा ।
निम्नः-
सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेकोः-
१.बसको सह चालक जि. काठमाण्डौ काठमाडौ म.न.पा. ३२ बस्ने बर्ष ३० को भोज बिक्रम शाह- सामान्य ।
२ हायसमा सवार जि. गोर्खा आरुघाट गा.पा. १ मान्बु बस्ने बर्ष ४०/४२ को राज ब. गुरुङ गम्भिर- ०४;०० बजे मृत्यु ।
३. हाईस चालक हाल नाम थर वतन नखुलेको बर्ष ४०/४५ को पुरुष गम्भिर ।
नया मेडिकलमा उपचार भईरहेकोः-
१. हाईसमा सवार नामथर वतन नखुलेकी अं. बर्ष ४० कि महिला टाउकोमा चोट गम्भिर- ०३;३७ मृत्यु ।
२. हाईसमा सवार नामथर वतन नखुलेको अं. बर्ष ३२ को पुरुष टाउकोमा चोट गम्भिर- ०३;३२ मृत्यु ।
३. हाईसमा सवार नामथर वतन नखुलेको अं. बर्ष ३५ को पुरुष टाउकोमा चोट गम्भिर- ०३;३४ मृत्यु ।
४. हाईसमा सवार नामथर वतन नखुलेको अं. बर्ष ३८ को. पुरुष टाउकोमा चोट गम्भिर ।
५. बसमा सवार जि. उदयपुर कटारी न.पा. ९ निमपाटा बस्ने बर्ष २४ को श्याम कुमार कार्की- निधारमा चोट सामान्य ।
६. बसमा सवार जि. चितवन रत्ननगर न.पा. १३ प्रगती टोल बस्ने बर्ष १९ को मो. साकिर मिँया (९८२७४८३९०२)- दाँया कानमा भित्री चोट सामान्य- डिष्चार्ज ।
७.बसमा सवार ऐ.ऐ. बस्ने बर्ष ३२ को साहेब मिँया (९८४५१३९०२९)- दुबै खुट्टामा भित्री चोट सामान्य- डिष्चार्ज ।

(बसमा सबार २ जना सामान्य उपचार भई रहेको, २ जना सामान्य उपचार पश्चात डिष्चार्ज, हायसमा सवार ४ जना मृत्यु, २ जना उपचार भई रहेको दुबै गम्भिर)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत