बिहिबार, माघ १, २०८२

सञ्जीव खन्ना बने ५१औं प्रधानन्यायाधीश


गणेश विक


काठमाडौँ । सञ्जीव खन्ना भारतका ५१औँ प्रधानन्यायाधीश बनेका छन् । न्यायाधीश सञ्जीव खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा भारतको ५१औँ प्रधानन्यायाधीशको सपथ लिएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीशलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

आइतबार न्यायाधीश डीवाई चन्द्रचूडले भारतको ५०औं प्रधानन्यायाधीशको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । उनी दुई वर्षभन्दा बढी समय यस पदमा थिए।

न्यायाधीश सञ्जीव खन्ना २४ अक्टोबरमा नै भारतको प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले १९८३ मा आफ्नो करियर सुरु गरेका थिए । सर्वोच्च अदालत अघि उनले दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत धेरै अदालतमा अभ्यास गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत