बिहिबार, मंसिर २०, २०८१

निर्मला पन्त प्रकरण टुङ्ग्याउन अनुसन्धान गर्दै सीआईबी


कान्तिपथ


निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि प्रहरीले नयाँ प्रक्रियाबाट अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न एक महिनाअगाडिबाट नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एवम् एआईजी दीपक थापाको नेतृत्वमा टोली बनाएर अनुसन्धान अघि बढाइएको हो ।

अनुसन्धान टोलीमा एआईजी दीपक थापासहित, प्रवक्ता होबिन्द्र बोगटी र एसएसपी भूपेन्द्र खत्री छन् ।

पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसकेको छ।

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो । -File photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत