काठमाडौँ । फरार रहेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्। उनी लामो समय पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी थिइन्।
उनलाई गृहमन्त्री रमेश लेखकले संरक्षण गर्दै आएकोले प्रहरीले पक्राउ गरेको थिएन। यद्यपि अदालतमा मुद्दा पुगेपछि उनी आज आइतबार उपस्थित भएकी हुन्।
उनी ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको बहस सकिएको छैन। उनको बहस न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा थियोे।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
आइतबार बयान भएपनि समय अभावका कारण थुनछेक बहस सुरु नभएको ललितपुर जिल्ला अदालतका एकजना अधिकृतले जानकारी दिए।
बहस पुरा नभएपछि अदालतको आदेशले उनलाई जिल्ला प्रहरी परिसर ललितपुर हिरासतमा राखिएको छ ।
https://kantipath.com/2024/09/26/61349/
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो ।
घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ