बिहिबार, माघ ३, २०८१

भयानक सडक दुर्घटना, ७१ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । दक्षिणी इथियोपियाको सिदामा राज्यमा एउटा भयानक सडक दुर्घटना भएको छ । यात्रुले भरिएको ट्रक नदीमा खस्दा ७१ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६८ पुरुष र तीन महिलाको मृत्यु भएको सिडामा प्रहरी आयोगले जानकारी दिएको छ ।

केही यात्रु विवाह समारोहबाट फर्किरहेका थिए । एकै परिवारका धेरैको ज्यान गएको छ । दुर्घटनाको कारण ट्रक ओभरलोड भएको स्थानीय ट्राफिक प्रहरीले जनाएको छ । घटनाका बेला ट्रकमा कति यात्रु थिए भन्नेबारे अधिकारीहरूले खुलाएका छैनन् ।

इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको देश हो । इथियोपियामा हरेक दिन सडक दुर्घटना हुने गरेको छ किनभने यहाँका सडकहरू खराब र जीर्ण छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत