शनिबार, चैत्र ९, २०८१

सिचुवानमा पहिरो : ३० वेपत्ता, करिब २०० जना विस्थापित


गणेश विक


काठमाडौं । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोस्थलबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यिबिन शहरको जुनलियन काउन्टीमा रहेको जिनपिङ गाउँमा बिहान ११ः५० बजे पहिरो गएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उद्धृत गरी लेखेको समाचारमा भनिएको छ, ‘पहिरोले करिब १० वटा घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।’

घटनास्थलमा रहेका उद्धारकर्तालाई उद्धृत गर्दै सरकारी प्रसारकले भनेको छ, ‘समाचार तयार पार्दासम्म पहिरो अझै नरोकिएकोले पहिरो क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई निर्देशन दिइएको छ ।’ चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा दुई जना पहिरोबाट सकुशल उद्धार गरिएको उल्लेख गरेको छ । आपतकालिन प्रतिक्रिया टोलीहरू जीवित व्यक्तिहरूको खोजीमा घटनास्थलमा पुगी काम गरिरहेको बताइएको छ । अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत