आइतवार, चैत्र १०, २०८१

दिल्लीमा भूकम्प


कान्तिपथ


भारतको राजधानी दिल्लीमा सोमबार बिहान भूकम्प गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा लेखेको छ- भूकम्पको केन्द्र दिल्लीमा जमिनबाट ५ किलोमिटर गहिराइमा थियो।

यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.० मापन गरिएको थियो। दिल्ली प्रहरीले सन्देशमा लेखेको छ- हामी आशा गर्छौं कि तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ। आपत्‌कालीन सहयोगको लागि ११२ डायल गर्नुहोस्।

भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत