सिन्धुलीमा एकजना वडा सदस्यको दुर्घटनामा परेर मृत्यु भएको छ। कमलामाई नगरपालिका–१ का निर्वाचित वडा सदस्य ३४ वर्षीय केशवबहादुर माझीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
कमलामाईकै बलट्टामा गत माघ २० गते आफैँले चलाएको ट्याक्टर दुर्घटना हुँदा माझी गम्भीर घाइते भएका थिए।
उनको केएमसी अस्पताल काठमाडौँमा उपचारको क्रममा आइतबार निधन भएको हो। सोही दुर्घटनामा घाइते भएको स्थानीय १४ वर्षीय अर्जुन माझीको उपचारकै क्रममा गत माघ २६ गते मृत्यु भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ