शनिबार, चैत्र ९, २०८१

रूसले गुगललाई गरायो ३.८ मिलियन जरिवाना


गणेश विक


मस्को । रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ ।

एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो । अदालतले भनेको छ कि ‘रूसको आत्मसमर्पण’ सबन्धी युट्युबमा सामग्री होस्ट गरेको अभियोगमा रिवाना गरिएको हो । जसमा रूसी सैनिकहरूलाई आत्मसमर्पण गर्न निर्देशन दिने भिडियोहरू समावेश रहेको रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीले जनाएको छ ।

रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानूनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामाे समय देखी आरोप रहदै अाएकाे छ । गुगलले भने सो जरिवाना पछि कुनै प्रतिक्रिया दिएको छैन् ।

पुटिनले गत डिसेम्बरमा गुगललाई अमेरिकी सरकारको राजनीतिक अंक प्राप्त गर्न प्रयोग गर्ने उपकरण भएको आरोप लगाएका थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत