आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • प्रकृति मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक पाण्डेले मागिन् माफी

कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु : प्राध्यापक’ मञ्जुशा पाण्डे

प्रकृति मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक पाण्डेले मागिन् माफी


गणेश विक


भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् ।

केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हाल्‍दै माफी मागेकी हुन् ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतीय प्रहरीले छानबिन अगाडि बढाएपछि उनले सामाजिक सञ्जालमा आएर माफी मागेकी हुन् ।

उनले भिडियो भनेकी छिन्, ‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु। नेपाली भावनासँग मैले गरेको दुर्व्‍यवहारप्रति कलेज प्रशासनको कुनै संलग्ना छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु।’

यसैगरी भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ ।

रुपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दु:खी हुँदै माफी चाहन्छौं, ‘ उनले विज्ञप्तिमा भनेका छन्, ‘ हामी नेपाली विद्यार्थीलाई त्यतिबै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत