बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • राराको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति, भवनसहित ९४ वटा बेड विस्तारा खरानी

राराको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति, भवनसहित ९४ वटा बेड विस्तारा खरानी


कान्तिपथ


मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । बुधबार राती १२ बजे रारा तालको किनारमा रहेको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।


आगलागीबाट होटेलका सबै भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । थप क्षतिको बिवरण आउन बाँकी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत