आइतवार, चैत्र १०, २०८१

रिंकु सदा मृत्यु प्रकरण : मुख्य आरोपी मण्डल पक्राउ


गणेश विक


राजेन्द्र महतो, सिरहा। सिरहाको नवराजपुर गाउँपालिका- ०१ भगवतिपुरकि रिंकु कुमारी सदाको सामुहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपित रुपेश मण्डल पक्राउ परेका छन्।

थप समाचार

मण्डललाई केहीबेर अघि प्रहरीले पक्राउ गरेकाे हाे।
उनी सिरहा नगरपालिका-१७ दशगजा क्षेत्रबाट पक्राउ परेका हुन् ।

घटना लगत्तै फरार रहेका उनलाई केही समयअघि मात्रै पक्राउ गरिएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

उनलाई केही बेरमै आधिकारिक रूपमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

नवराजपुर गाउँपालिका -१ भगवतीपुरकी १७ वर्षीया रिंकु गत माघ २९ मा मृत फेला परेकी थिइन् ।

माघ २७ मा सामुहिक बलात्कृत भएकी उनलाई घटना बाहिर नलग्न पंचायतमार्फत दबाब दिएको थियो ।

त्यसको विहानपल्टै रिंकु घरमै मृत फेला परेकी थिइन् ।

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामुहिक बलात्कार गरेको आरोप छ ।

उनी तीनैजना र पंचायत गर्ने ५ अगुवामाथि पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत