आइतवार, चैत्र १०, २०८१

जीपको ठक्करबाट दिदीबहिनीको मृत्यु


गणेश विक


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो ।

सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत