आइतवार, चैत्र १०, २०८१

ज्ञानेन्द्र शाहलाई श्री ५ लेख्नेको पद खुस्क्यो !


कान्तिपथ


नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’को सम्बोधन गर्ने पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् ।

उनले केही दिनअघि पूर्वराजाको समर्थनमा एक विज्ञप्ति जारी गर्दै ‘श्री ५’को सम्बोधन गरेका थिए । यसपछि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण माग गरेकामा जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

‘यस मन्त्रालयको मिति २०८१।११।१३ को निर्णयअनुसार दुई वर्षको लागि पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धकमा नियुक्त रमेशराज वास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम मिति २०८१ ।११ । २५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐ. कार्यविधिको दफा ५ बमोजिम मिति २०८१।११।२६ (मा. मन्त्रीस्तर) को निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत