काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनपछि उत्पन्न तनाव कम हुन नसक्दा प्रहरीले हवाई फायर गर्न बाध्य भएको छ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएपछि स्थिति झन् जटिल बनेको हो।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
त्यसलगत्तै प्रदर्शनकारीहरू तितरबितर भए पनि केहीबेरमै नजिकैको एक घरमा आगलागी भएको छ।
घरमा लागेको आगो निभाउन पुगेको दमकललाई समेत प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका थिए।
यसका कारण दमकलको काम प्रभावित भयो, जसपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको थियो। स्थिति झन् गम्भीर बनेपछि प्रहरीले अन्ततः हवाई फायर गरेको छ।
सुरक्षाकर्मीहरू अहिले पनि ठूलो संख्यामा तैनाथ छन्।
स्थानीयहरू त्रसित छन् भने काठमाडौंको केही क्षेत्रको यातायात सेवा प्रभावित भएको छ।
घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ, भने हिंसात्मक गतिविधि नियन्त्रण गर्न प्रहरीले कडा निगरानी गरिरहेको छ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा घाइतेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
अस्पतालहरूमा केही घाइतेहरू उपचारका लागि लगिएको जानकारी आएको छ।
स्थिति अझै सामान्य भइ नसकेकाले सुरक्षा निकायले नागरिकलाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ