काठमाडौं । हिजो भएको प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सन्तोष राजावादी र पशुपति खड्का रहेका छन्। उनीहरुलाई बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
यससँगै हालसम्म पक्राउ पर्नेको संख्या १११ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
शुक्रबारको घटनामा पत्रकार सुरेश रजकसहित २ जनाको मृत्यु भएको थियो भने, २२ जना घाइते भएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ