शनिबार, बैशाख १३, २०८२

गुजरातको पटाका कारखानमा विस्फोट हुँदा २१ जनाको मृत्यु


कान्तिपथ


भारतस्थित गुजरातको बनासकान्ठानजिकैको डिसामा रहेको पटाका कारखानामा मंगलबार विस्फोट हुँदा मध्य प्रदेशका २१ कामदारको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

एक भारतीय संचार माध्यमका अनुसार यो कारखाना दिसा तहसिलको धुनवा रोडमा अवस्थित छ। विस्फोटका बेला कामदारहरू कारखानामा काम गरिरहेका थिए। विस्फोट यति भयानक थियो कि धेरै कामदारका शरीरका अंग ५० मिटर टाढासम्म छरिएका थिए।

कारखाना पछाडिको खेतमा समेत केही मानव अंग फेला परेका छन्। आगो नियन्त्रणमा लिन दमकललाई ५ देखि ६ घण्टा लाग्यो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्। दुर्घटनामा परेका सबै जना २ दिनअघि मात्र कामका लागि आएका थिए। मृतक र घाइते सबै कामदार मध्य प्रदेशको हरदा जिल्लास्थित हान्डिया गाउँका बासिन्दा हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत