बुधबार, फाल्गुन ६, २०८२

कारले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते


कान्तिपथ


रत्ननगर। रत्ननगर नगरपालिका–१, निपनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र एक इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक रत्ननगर–७ का ५५ वर्षीय झौरा महतो, पछाडि सवार ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ की ३० वर्षीया नवीना महतो घाइते भएका छन्। उनीहरूको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको छ।

प्रहरीले कार चालक तनहुँ भिमाद–७ का २९ वर्षीय सुजन अर्याल र तीनैवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत