बुधबार, फाल्गुन ६, २०८२

सिरहामा  ७६९ ठाउँमा सवारी दुर्घटना,  ६९ जनाको मृत्यु


राजेन्द्र महतो



सिरहा। सिरहामा चालु आर्थिक वर्षमा  ७६९ ठाउँमा सवारी दुर्घटना भएका छन्।

आर्थिक वर्ष २०८१/०८२ जेष्ठ  २० गते सम्म अवधिमा ती दुर्घटना भएका हुन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले सार्वजनिक  गरेको  तथ्यांक अनुसार  चालू आर्थिक  बर्ष जेठ २० गतेसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने २६ हजार २३२ सवारीसाधन कारबाहीमा परेका छन् भने   ७६९ ठाउँमा सवारी दुर्घटना भएका छन्।

जसमा परी ६९ जनाको मृत्यु भएको छ।

जसमा मोटरसाइकल चालक ४७ जना रहेका छन्।

त्यस्तै , ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ९१३ ठाउँमा जनचेतनामूलक कार्यक्रम गरि करिब  ७० हजारभन्दा बढीलाई सूचित गरिएको ट्राफिक प्रहरी प्रमुख पोषण थपलियाले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत