बुधबार, फाल्गुन ६, २०८२

उदयपुरमा मोटरसाइकल दुर्घटनामा मोरङका अनिल राजवंशीको मृत्यु


देव चौलागाईं


उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोरङका एक युवकको मृत्यु भएको छ।

बेलका नगरपालिका–८ स्थित सडकखण्डमा साँझ ५:४५ बजेतिर दुर्घटना भएको हो।

बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारीका ३२ वर्षीय अनिल राजवंशी गम्भीर घाइते भएका थिए।

उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल लगिएकोमा राति ८:१० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिंलाकी १८ वर्षीया तुलसा कार्की घाइते भएकी छन्।

प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।

दुर्घटना मोटरसाइकलको तीव्र गतिका कारण भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएको छ।

हाल घटनाको थप अनुसन्धान भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत