बुधबार, फाल्गुन ६, २०८२

बौद्धमा आगलागी : एक वृद्धाको जलेर मृत्यु


देव चौलागाईं


काठमाडौंको बौद्धमा आगलागी हुँदा एक वृद्धा महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बौद्धस्थित एक घरको कोठामा आगलागी हुँदा ६५ वर्षीया उर्मिला तामाङको ज्यान गएको हो।

मृतक तामाङको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ हो।

प्रहरी प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, उर्मिला तामाङ शारीरिक रूपमा अशक्त थिइन्।

कोठामा आगलागी भएपछि भाग्न नसकेर जलेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट कोठाको झ्याल, ढोका, लत्ता–कपडा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जानकारी एसपी बोहराले दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत