रसुवाको भोटेकोसी नदीमा गएराति फेरि ठूलाे बाढी आएको छ। गएराति दुई बजेदेखि भोटेकोसीमा ठूलो बाढी आएको हो। बाढीले सडकमार्गमा व्यापक क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।
‘गएको असार २४ गते आएको जत्रै ठूलो बाढी आएको छ,’ डीएसपी शाहीले जानकारी दिए, ‘बाढीले ७/८ ठाउँमा सडक बगाएको छ।’
बाढीले सडक बगाउँदा पासाङ ल्यामु सडकखण्ड अवरुद्ध भएको उनले बताए।
‘स्याप्रुवेसीदेखि टिमुरे-रसुवागढीसम्मका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ,’ शाहीले भने, ‘अहिले यो सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध। झण्डै सात-आठ ठाउँमा सडक बगाएको छ। क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ