बुधबार, फाल्गुन ६, २०८२

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


कान्तिपथ


रुसको कामचट्का प्रायद्वीप नजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार यो जानकारी दिएको हो।

भूकम्पपछि अमेरिकादेखि जापानसम्म सुनामीको चेतावनी जारी गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ।

एजेन्सीका अनुसार जापानको प्रशान्त तटमा १ मिटर (यार्ड) सम्मको सुनामीको चेतावनी जारी गरिएको छ। जापानको एनएचके टेलिभिजनका अनुसार भूकम्प देशका चार ठूला टापुमध्ये सबैभन्दा उत्तरमा रहेको होक्काइडोबाट लगभग २५० किलोमिटर (१६० माइल) टाढा गएको थियो र यसको धक्का थोरै मात्र महसुस गरिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु १९.३ किलोमिटर (१२ माइल) गहिराइमा रहेको बताएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत