कान्तिपथ डटकममा २०८२ साउन १० गते रिपब्लिका दैनिकबाट साभार गरिएको ‘मधेश प्रदेशमा पूर्वअसई र वडाध्यक्ष कुट्ने सईको शक्तिशाली पावर’ समाचारको विषयमा नेपाल प्रहरीका पूर्वअसई श्यामसुन्दर साहबाट खण्डन प्राप्त भएको छ ।
उक्त समाचार सामग्री तथ्यहीन, एकपक्षीय र साहको चरित्रहत्या गर्ने उद्देश्यका साथ प्रकाशित भएको भन्दै उनले ३ वटा मुख्य विषयमा खण्डन प्रकाशित गर्न अनुरोध गरेका छन् । “पूर्वअसई श्यामसुन्दर साहको सल्लाहमा मधेश प्रदेश प्रहरीले सादा पोशाकमा प्रहरी खटाउने गरेको आरोप
छ।” भन्ने समाचारको वाक्यलाई खण्डन गर्दै उनी भन्छन, ‘यो पूर्णतः बेबुनियाद र प्रमाणविहीन दाबी हो। मैले यस्तो कुनै कार्यमा संलग्नता जनाएको छैन।’
“पूर्वअसई साहले हुन्डीदेखि ट्रान्सपोर्टरहरूसँग डिल गर्ने, प्रहरी अधिकारीहरूसँग मिलेर करोडौं ठगी गरेको” भन्ने आरोपलाई खण्डन गर्दै उनले भनेका छन्, ‘यो गम्भीर र झुठो आरोप हो जसमा कुनै तथ्य वा प्रमाण प्रस्तुत गरिएको छैन । मेरो बिरुद्ध कुनै कानुनी मुद्दा दर्ता छैन, न कुनै निर्णय भएको छ।’
“पूर्वअसई साह र सई सागर राणाको जोडीले तस्करीका सामान भित्र्याउने व्यापारमा संरक्षण दिएका थिए” लाई खण्डन गर्दै उनले भनेका छन्, ‘यो पनि पूर्ण रूपमा कपोकल्पित, चरित्रहत्या गर्ने आशयका साथ रचना गरिएको भ्रामक विवरण हो ।’
“
समाचारले उनको व्यक्तिगत, पारिवारिक तथा सामाजिक प्रतिष्ठामा गम्भीर असर पारेको उल्लेख गरेका छन्।
सम्बन्धित समाचार : https://kantipath.com/2025/07/26/79210/
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ