शुक्रबार, कार्तिक २१, २०८२

पत्नीलाई धम्की दिने शिवराज दराई पेस्तोलसहित पक्राउ


कान्तिपथ


काठमाडौं — धादिङ त्रिपुरासुन्दरी–१ घर भई काठमाडौंको चमती बस्दै आएका २९ वर्षीय शिवराज दराईलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ।

साउन ३१ गते काठमाडौं प्रहरी कन्ट्रोल (१००) मा पत्नीले फोन गरेर “श्रीमान्ले कुटपिट गरेको र मार्ने धम्की दिएको” उजुरी गरेपछि स्वयम्भु प्रहरी वृत्तको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले पीडित महिलाको कोठाबाट अटोमेटिक पेस्तोल, दुई म्यागजिन र सात राउन्ड गोली बरामद गर्‍यो। तर त्यतिबेला दराई फरार भएका थिए।

पछि प्रहरी वृत्त बालाजुको टोलीले मध्यरातिमा उनलाई पक्राउ गर्न सफल भएको हो। दराईमाथि हातहतियार खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रहरी अनुसन्धानमा उनीविरुद्ध यसअघि पनि अभद्र व्यवहार (२०७८) र लागुऔषध (२०८०) सम्बन्धी मुद्दा दर्ता भइसकेको खुलेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत