बुधबार, फाल्गुन ६, २०८२

बोदेबर्साइनमा ईरिक्साको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु


कान्तिपथ


सप्तरीमा ईसिटी रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। बोदेबर्साइन नगरपालिका–७ स्थित भित्री सडक खण्डमा देउरीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको अन टेस्ट ईरिक्साले ठक्कर दिँदा बालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा बालक भारतको बिहार मधुवनी ग्राम पंचायत निन्दरपुर निवासी राजकुमार सदाका पाँच वर्षीय छोरा आरजे सदा छन्।

शनिबार बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएकाे थियाे। उपचारकै क्रममा उनकाे मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

बालकलाई ठक्कर दिने रिक्सा र चालक बोदेबर्साइन १० श्रीपुरका १७ वर्षीय राकेश कुमार मण्डल पक्राउ परेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत