आइतवार, फाल्गुन २४, २०८२

पशुपति क्याम्पस अगाडि युवकमाथि कुटपिट, आरोपी पक्राउ


कान्तिपथ


पशुपति क्याम्पस अगाडि कुटपिट घटनामा एक युवक घाइते भएका छन्।

जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–३ घर भई काठमाडौं बस्ने २० वर्षीय शिव बहादुर सुनुवारमाथि कुटपिट हुँदा उनको आँखा, अनुहार र माथिल्लो ओठमा चोट लाग्नुका साथै नाकको हड्डी समेत भाँचिएको प्रहरीले जनाएको छ।

उनीमाथि सन्देश कार्कीले आक्रमण गरेको खुलेको छ। आक्रमण   गर्ने कार्की पक्राउ परेका छन | पक्राउ परेका कार्कीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको  छ।

घाइते सुनुवारको उपचार भइरहेको परिवारले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत