ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बामा बुधबार बिहान गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करिब ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पा रहेका छन् ।मुढेडाँडाबाट खसेको पहिरोले लाक्पाखाङ्डुको घर बगाउँदा उनी र छिमेकी मिङ्मालाकी पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ता रहेका दुबैको शव दिउँसो स्थानीय र प्रहरीको सहयोगमा फेला पारिएको हो।
उक्त घटनामा दारिन्जेन शेर्पा, टासीजाङ्बु शेर्पा र याङ्जी शेर्पा घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।पहिरोका कारण पाँच परिवार विस्थापित भएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ