शुक्रबार, कार्तिक २१, २०८२

अवैध लागूऔषध १० जना पक्राउ


गणेश विक


काठमाडाैं । विभिन्न स्थानमा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

मकवानपुर, मनहरी गाउँपालिका-७ रिभर साईडबाट अवैध लागूऔषध गाँजा १५ किलो ६ सय ग्राम सहित सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय बिक्की भन्ने केदार स्याङ्तानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको ना.१ ह ६३८९ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी अटो नजिकै रहेका स्याङ्तानलाई पक्राउ गरेको हो ।

सप्तरी, कन्चनरूप नगरपालिका-१० धनकट्टाबाट अवैध लागूऔषध गाँजा ८ किलो ३ सय ७५ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ४९ वर्षीय बम बहादुर माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुर्खेत, गुर्भाकोट नगरपालिका-८ भेरीपुल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश विक समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट मेहलकुनातर्फ आउँदै गरेको बा.प्र.०८००१ ज ०१२७ नम्बरको इभि भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रकाश समेत उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-७ सत्ती बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय हिक्मत ठकुल्लालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्‍कीचुहा नगरपालिका-६ बाकमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द घर्ती मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत