काठमाडौं । विगत ७ बर्षदेखि कान्तिपथ डटकमको डेक्स सम्पादक पत्रकार गणेश विकको चरित्रहत्या गरिएको छ ।
पत्रकार विकले असोज ५ गते प्रमाणसहित बझाङ जिल्लामा अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी संजय थापा र भुबन खड्काबिरूद्ध “बदनाम घुमुवा प्रहरी : काम ‘हप्ता असुली’ र मस्ती !” भन्ने शिर्षकमा समाचार प्रकाशित गरेका थिए ।
उक्त समाचार प्रकाशित भएपछि घुमुवा प्रहरी संजय थापाले मलाई कार्वाही भयो भने, तपाई पनि कार्वाहीमा पर्नुहुन्छ, अनि तपाईको पनि के हुन्छ, पछि थाहा हुन्छ भन्दै टेलिफोनमार्फत पत्रकार विकलाई धम्की समेत दिएका थिए ।
समाचार प्रकाशित भएको केही समयै पत्रकार विकको चरित्रहत्या तथा परिवारलाई समेत मार्ने धम्की, फेक आइडी बनाएर फेसबुकमार्फत व्यक्तिगत फोटो दुरुपयोग गरी पत्रकार विककाे चरित्र हत्या गर्ने आपराधिक कार्य गरेको पाइएको छ ।
पत्रकार विकको परिवारलाई समेत जोडेर हार्दिक श्रद्धान्जली भनेर फोटो पोस्ट गर्नुको साथै अश्लिल गाली बेइज्जती समेत गरेको छ ।

यस किसिमको कार्यले सम्पूर्ण पत्रकारिता पेशा, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूमाथि आपराधिक आक्रमण गरेको छ ।
यस्तो आचरणले पत्रकारलाई नत्रसिर्फ त्रास फैलाउने काम भएको छ।
पत्रकार विकले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दर्ता गरिसकेका छन् ।
अतः, पत्रकार विकले आफ्नो चरित्र हत्या भएपछि बझाङ घुमुवा काण्ड अझै गम्भीर हिसावले सम्बन्धित निकायलाई यस घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न माग गरेको छ ।
विकले आफ्नो परिवार र आफ्नो सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय नक्साल, साइबर ब्यूरो, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय बझाङमा समेत उजुरी दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ