शुक्रबार, कार्तिक २१, २०८२

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै


कान्तिपथ


गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ ।

जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो।
बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।

इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।

उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ। उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो । ३० सेकेन्ड लामो उक्त भिडियो क्लिप आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।

बन्धक र हराइएका व्यक्तिहरूको परिवारका लागि बनेको फोरमले दिएको वक्तव्यमा भनिएको छ।

गाजामा भेटिएको यो जीवनको सङ्केत, जुन हामी आज तपाईंहरूसँग शेयर गरिरहेका छौँ, यसले उनी अझै जीवित रहेको हाम्रो दृढ विश्वासलाई अझ बलियो बनाउँछ,’ जोशीका परिवारले फोरममार्फत जारी गरेको वक्तव्यमा भनेको छ।

विपीन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र इजरायल पुगेका थिए । उनी कृषि शिक्षा कार्यक्रमका लागि गएका हुन् । उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे ।

वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए । उनको झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड फालिएको थियो । विपीनले एक ग्रेनेड समातेर बाहिर फालेका थिए, तर दोस्रो ग्रेनेड फाल्न नसक्दा त्यसको विस्फोटले उनका पाँच साथीहरू गम्भीर घाइते भए ।

द जेरुसेलम पोष्ट अनुसार विपीनलाई हमासले गाजामा अपहरण गरी एक समय शिफा अस्पतालमा राखेको थियो । उनी जीवित रहेको ठोस प्रमाण थिएन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत