शुक्रबार, कार्तिक २१, २०८२

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या


कान्तिपथ


संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जना पुरुषको हत्या भएको छ ।खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा (मंगलबार) साँझ एक जनाको हत्या भएको हो ।
प्रहरीका अनुसार स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले साँझ करिब ७ बजे हत्या भएको जानकारी पाएको थियो ।जानकारीलगत्तै प्रहरी नायव निरीक्षक देवीबहादुर कार्कीको कमाण्डमा टोली खटिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
डीएसपी मैनालीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ ।
डिएसपी मैनालीका अनुसार, पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरेका छन् । तर, हत्या गर्न पछाडिको कारण सोध्दा उनले कुनै उत्तर नदिएको मैनालीले बताए ।प्रहरीका अनुसार, आरोपी र मृतक एकै स्थानका छिमेकी भएकोले व्यक्तिगत विवादका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा आवश्यक अनुसन्धान जारी राख्दै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत