शुक्रबार, कार्तिक २१, २०८२

इटहरीमा दुर्घटना श्रीमानको मृत्यु, श्रीमती गम्भीर


कान्तिपथ


इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२६८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको को २ ह ५६९४ नम्बरको अटोलाई ठक्कर दिँदै पुनः विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ प १६१२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–७ का ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको हो । घटनामा ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ ।दुवै जनालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल बूढीगंगा मोरङ पठाइएकोमा गोकुलराजको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।गीताको सोही अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमपछि छोरी सोनी प्रधानले बुझेकी छन् ।
बस चालक धरान उपमहानगरपालिका–८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ।त्यस्तै, दुर्घटनामा संलग्न अटो चालक इटहरी–५ का २४ वर्षीय सृजन कुमार राई र अटो प्रहरी चौकी खनारको नियन्त्रणमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत