झापाको कमल गाउँपालिकामा वाईफाई इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक १९ वर्षीय युवाको उपचारपछि घर फर्काइएको अवस्थामा मृत्यु भएको छ ।
कात्तिक ११ गते साँझ कमल गाउँपालिका–६, मंगलबारेमा घटना भएको हो । फस्ट लिंक (वाईफाई) कम्पनीमा कार्यरत शिवसताक्षी नगरपालिका–१ बस्ने १९ वर्षीय आसिस खनाल बिजुलीको पोलमा चढेर वाईफाई मर्मत गरिरहेका थिए ।
सोही क्रममा उनी बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर भुईँमा खसी गम्भीर घाइते भएका थिए । खनाललाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित नोवेल अस्पताल पठाइएको थियो । नोवेल अस्पतालमा उपचार सम्भव नहुने भएपछि आफन्तले उनलाई घर फर्काएका थिए ।घर फर्काएको केही दिनपछि कात्तिक १९ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि शव सद्गतका लागि मृतकका बुबाले बुझेर लगेको प्रहरीले जनाएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ