सोमवार, चैत्र ३०, २०८२

ड्युटीबाट फर्कँदै गरेका ट्राफिक इन्स्पेक्टर दुर्घटनामा गम्भीर घाइते


कान्तिपथ


काठमाडौं । ड्युटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।

गएराति करिब ११:१५ बजे तारकेश्वर नगरपालिका–८, डाँडागाउँस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार लामालाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। बागमती प्रदेश ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको हो।

दुर्घटनापछि घाइते लामालाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पतालमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर मनहरी–५ निवासी ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत