सोमवार, बैशाख ७, २०८३
  • गृहपृष्‍ठ
  • प्रशासन
  • आरोपबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: ‘हल्लाभन्दा तथ्य महत्वपूर्ण’

आरोपबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: ‘हल्लाभन्दा तथ्य महत्वपूर्ण’


कान्तिपथ


सुधन गुरुङ ले आफूमाथि लागेको विभिन्न आरोपबारे सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा आफ्नो नाम जोडेर भइरहेका चर्चाहरूलाई स्पष्ट पार्न उनले तथ्यका आधारमा विषय बुझ्न आग्रह गरेका छन्।

गुरुङले ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै उल्लेख गरेको बताए। विभिन्न कम्पनीमा गरिएको लगानी एउटै समूहमा वर्गीकरण गरिएको स्पष्ट पार्दै उनले यसलाई लुकाउने प्रयास नभएको दाबी गरे।

मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयलाई लिएर उठेको प्रश्नमा उनले सेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको जानकारी दिए। लगानीका लागि लिइएको ऋणसमेत आधिकारिक कागजात र बैंक रेकर्डमा रहेको उनको भनाइ छ।

‘विवादित व्यक्तिसँग साझेदारी’ भन्ने आरोपबारे उनले एउटै कम्पनीमा धेरै लगानीकर्ता हुने भएकाले सेयरधारक हुनु नै साझेदारी वा दोषी हुनु नहुने तर्क गरे। साथै, ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी विषय गृह मन्त्रालयको नभई सम्बन्धित निकायले कानुनी प्रक्रियाअनुसार हेरिरहेको स्पष्ट पारे।

गुरुङले हतारमा प्रतिक्रिया नदिनु संवेदनशील विषयमा आवश्यक सावधानी भएको उल्लेख गर्दै आरोप र सत्य फरक कुरा भएको बताए। उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत