मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • प्रशासन
  • मन्त्रिपरिषद्का मुख्य निर्णय सार्वजनिक, विभिन्न विधेयक संसद्मा लैजाने स्वीकृति

मन्त्रिपरिषद्का मुख्य निर्णय सार्वजनिक, विभिन्न विधेयक संसद्मा लैजाने स्वीकृति


कान्तिपथ


नेपाल सरकार ले मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयहरू सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले सार्वजनिक गरेका हुन्।

बैठकले तीन वटा कानुन संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। साथै, नेपाल धितोपत्र बोर्ड को अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ, जसमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहनेछन्।

त्यसैगरी, नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ संशोधनका लागि बनेका विधेयक संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य र सदस्यमा नवराज सिम्खडा तथा रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत