काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएपछि काठमाडौँमा आकस्मिक अवतरण गरेको छ। जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो ।
जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने विमानस्थलले जान्कारी दिएको छ । घटनाका कारण इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्सका जहाजहरु केहि समयका लागि आकासमा होल्ड भएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ